२०८३ असोज १० शनिबार

बैंक वित्तीय संस्था विरूद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न सिबिफिनको माग

ई आर्थिक    मंगलबार, फाल्गुन २३ २०७९
6.9K
Shares
बैंक वित्तीय संस्था विरूद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न सिबिफिनको माग

ई–आर्थिक, काठमाडौं । बैंकिङ क्षेत्रविरुद्ध अराजक गतिविधि गर्नेलाई कानुनी कठघरामा ल्याउन बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०ले माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै परिसंघले भनेको छ ‘कर्मचारीमाथि आक्रमण गर्नेजस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्न कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेलाई तत्काल कठघरामा उभ्याइ कारबाही गर्न सरकार र मातहतका निकायको ध्यानाकर्षण गर्दछौं ।’

देशको अर्थव्यवस्था नै धरासयी बनाउनेगरी अवाञ्छित क्रियाकलाप रचिएको परिसंघको भनाइ छ ।

पछिल्लो समय केही अराजक समूहले बैंकको साँवा तथा ब्याज नतिर्ने धम्कीसहित विभिन्न स्थानमा कर्मचारीमाथि आक्रमणका घटना भएको भन्दै परिसंघले भत्सर्ना गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्तिजस्ता विषयले ब्याजदर निर्धारण हुने भएकाले ब्याजविरुद्ध कुनै पनि गतिविधि गरिनु अराजकता रहेको विज्ञप्तिमा औंल्याइएको छ ।

‘कोभिड १९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध घटनाका कारण उत्पादन, माग तथा आपूर्ति शृंखला विथोलिादा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ’ परिसंघले भनेको छ ‘यस्तो विषम परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने संभावित उपायका बारेमा सरकार र मातहतका नियामक निकाय सचेत, जिम्मेवार भई आर्थिक सुधारको मार्गमा सामूहिक रुपमा लागि पर्नुपर्ने अहिलेको आवश्यकता बनेको छ ।’

अधिकांश देशले तरलता, ब्याजदर र मुद्रास्फीतिजस्ता चुनौती भोगिरहेको स्मरण गर्दै परिसंघले नेपालको बैंकिङ क्षेत्रले नियामक निकायमार्फत जारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij