२०८३ असोज १० शनिबार

कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्ट बीच सम्झौता, बैंकका ग्राहकलाई आकर्षक छुट

ई आर्थिक    शुक्रबार, फाल्गुन १९ २०७९
6.3K
Shares
कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्ट बीच सम्झौता, बैंकका ग्राहकलाई आकर्षक छुट

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij