२०८३ साउन १० आइतबार

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा ‘आइएमई पे’मार्फत् भुक्तानी गर्न मिल्ने

ई आर्थिक    सोमबार, फाल्गुन १५ २०७९
4.8K
Shares
नेपाल एयरलाइन्सको टिकट बुक गर्दा ‘आइएमई पे’मार्फत् भुक्तानी गर्न मिल्ने

ई–आर्थिक, काठमाडौं : आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत ग्राहकहरुले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत् भुक्तानी गर्न सकिनेछ ।

नेपाल एयरलाइनसको वेबसाइटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकहरुलाई भुक्तानी प्रक्रिया सहज पार्न र विद्युुतीय भुक्तानीलाई अब्बल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij