२०८३ साउन १० आइतबार

एशियन हाइड्रोपावरको आईपीओ आइतवार बाँडफँट हुँदै

ई आर्थिक    शुक्रबार, फाल्गुन १२ २०७९
5K
Shares
एशियन हाइड्रोपावरको आईपीओ आइतवार बाँडफँट हुँदै

ई–आर्थिक, काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । आइतवार अर्थात फागुन १४ गते बिक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्साल, बिहान ९ बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले दिएको हो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १४ लाख ९२ हजार ७७८ जनाको आवेदन परेको छ । यो आवेदन माग भन्दा २३ दशमलव ८४ गुणा बढी आवेदन परेको हो । यस आधारमा आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ १० कित्ताका दरले ६९ हजार ७२० जनाले पाउनेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको हात खाली हुनेछ ।

कम्पनीले माघ २७ गते देखि फागुन २ गते सम्म जारी पूँजी रू।३४ करोड बराबरको २४ दशमलव ७१ प्रतिशतका दरले हुने आउने रू. ८ करोड ४० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

कुल कित्तामध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij