२०८३ साउन ११ सोमबार

एनआईसी एशिया लघुवित्तको फिल्ड व्यस्थापन तालिम सम्पन्न

ई आर्थिक    बिहिबार, फाल्गुन ११ २०७९
5.6K
Shares
एनआईसी एशिया लघुवित्तको फिल्ड व्यस्थापन तालिम सम्पन्न

ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेश (क) कार्यालयले प्रदेशअन्तर्गतका शाखामा कार्यरत फिल्ड कर्मचारीका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानमा उक्त तालिम सञ्चालन गरेको थियो ।

संस्थाको शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आएको वित्तीय तथा गैरवित्तीय कार्यक्रम, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यलाई उनीहरुको वित्तीय कारोबार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेष गरी सोही अनुरुपको कर्जा प्रवाह गरी कसरी उनीहरुलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने, वित्तीय सेवाका अलावा सदस्यलाई प्रदान गरिने क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने भन्ने विषयका बारेमा उक्त क्षमताअभिवृद्धि सम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमरनाथ सेढाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij