२०८३ साउन ११ सोमबार

शिवशिखर सहकारीविरुद्ध नेविसङ्घ आन्दोलित, बचतकर्ताको रकम फिर्ता नदिएको आरोप

ई आर्थिक    बिहिबार, फाल्गुन ११ २०७९
5.9K
Shares
शिवशिखर सहकारीविरुद्ध नेविसङ्घ आन्दोलित, बचतकर्ताको रकम फिर्ता नदिएको आरोप

ई–आर्थिक, डडेल्धुरा । डडेलधुरामा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) आन्दोलित भएको छ । बचतकर्ताको रकम फिर्ता नदिएपछि संस्थाको विरुद्धमा नेविसङ्घ डडेल्धुरा आन्दोलनमा उत्रिएको हो ।

डडेल्धुराका बचककर्ताबाट ४० करोड रुपियाँभन्दा बढी रकम सङ्कलन गरी दुई करोड रुपियाँ लगानी गरेको सो सहकारी संस्थाले बचत रकम फिर्ता गर्नै छोडेपछि नेविसङ्घ आन्दोलनमा उत्रिएको हो । बुधबार हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी सङ्घ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्ध नेपाल विद्यार्थी सङ्घ सधैँ सक्रिय भएर लाग्दै आएको बताउनुभयो ।

नेपाल विद्यार्थी सङ्घ डडेल्धुराका अध्यक्ष पवन ऐरले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको ग्यारेन्टी गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताउँदै त्यसको बेवास्ता भएको बताउनुभयो ।

डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसङ्घ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij