२०८३ साउन ११ सोमबार

फागुन ११ देखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

ई आर्थिक    सोमबार, फाल्गुन ८ २०७९
9.2K
Shares
फागुन ११ देखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

ई–आर्थिक, काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ्ग एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन एक्स्पो यही फागुन ११ देखि हुने भएको छ । एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा चार दिनसम्म चल्नेछ । एक्सोलाई मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी ७ वर्षदेखि हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रीट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिंग उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् । प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टिरियर डिजाइनरको सहभागिता रहने छ । प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धी कार्यमा समेत सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij