२०८३ साउन ११ सोमबार

अनेरास्ववियुको अध्यक्षमा भारी मतान्तरका साथ समिक बडाल निर्वाचित

ई आर्थिक    शुक्रबार, फाल्गुन ५ २०७९
4.8K
Shares
अनेरास्ववियुको अध्यक्षमा भारी मतान्तरका साथ समिक बडाल निर्वाचित

ई–आर्थिक, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा भारी मतान्तरसहित समिक बडाल निर्वाचित भएका छन् । बडालले ९६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् । अनेरास्ववियु एमाले पार्टीको विद्यार्थी संगठन हो ।

अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचन भएको थियो । निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल निर्वाचत भएका छन् ।

विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij