२०८३ साउन ११ सोमबार

सीता एयरले आजदेखि हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने

ई आर्थिक    बुधबार, फाल्गुन ३ २०७९
6.3K
Shares
सीता एयरले आजदेखि हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने

ई–आर्थिक, दाङ । सीता एयरलाइन्सले आजदेखि हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने भएको छ ।

सीता एयरले तुलसीपुरको टरिगाउँ विमानस्थलमा सोमबार, बुधबार र शनिबार गरी हप्ताको तीन दिन उडान भर्ने भएको हो । नियिमत उडान भर्ने भएपछि नयाँ भाडा पनि निर्धारण गरिएको छ ।

अहिले भाडादर काठमाडौँ–दाङ ८ हजार, दाङ–काठमाडौं ८ हजार १०० रुपैयाँ तय गरिएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट दिउँसो १२ः१० बजे र दाङबाट दिउँसो साढे १ बजे उडान भर्नेछ ।

माघ १३ गते सीताले परीक्षण उडान भरेको थियो ।

योसँगै तुलसीपुरको टरिगाउँ विमानस्थलमाबाट हप्तामा ६ दिन जहाजले उडान भर्ने छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको थियो । अहिले टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij