२०८३ साउन ११ सोमबार

चौध उद्योग पाए नेपाल गुणस्तर प्रमाण चिह्न

ई आर्थिक    सोमबार, माघ २३ २०७९
5.7K
Shares
चौध उद्योग पाए नेपाल गुणस्तर प्रमाण चिह्न

ई–आर्थिक, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, सेनेटरी प्याड, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । ‘अघिल्ला वर्षको तुलनामा पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिह्न लिने उद्योगको संख्या राम्रो हुँदै गएको छ,’ उनले भने ।

चालू आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको संख्या बढेको उनको भनाइ छ । सिमेन्ट, छड, एलपीजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिह्न अनिवार्य गरेको छ ।

विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षको ६ महीनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित भएको छ । प्राविधिक समितिबाट पारित भएपछि गुणस्तर परिषद्मा पठाउने गरिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बस्ने गुणस्तर परिषद्को बैठक बस्न नसक्दा सो अवधिमा एउटा पनि गुणस्तर पारित नभएको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij