२०८३ साउन ११ सोमबार

राप्रपाको माग सम्बोधन, पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

ई आर्थिक    मंगलबार, पौस २६ २०७९
7K
Shares
राप्रपाको माग सम्बोधन, पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

ई–आर्थिक, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्ले आज दुईवटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीका अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।’

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राख्दै आएको माग सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij