२०८३ साउन १० आइतबार

नेपाल क्लियरिङ हाउसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

ई आर्थिक    शनिबार, पौस १६ २०७९
6.3K
Shares
नेपाल क्लियरिङ हाउसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

ई–आर्थिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ प्रदान गरिएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा एनसीएचएललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न तथा आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा पुर्‍याएको योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममुखी अभ्यासहरुको सम्मानस्वरुप अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई), कर्पोरेट पे, रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij