२०८३ साउन ११ सोमबार

इन्धनको मूल्य घट्यो, पेट्रोल १७८, डिजेल र मट्टीतेल १७५ रूपैयाँमा

ई आर्थिक    शनिबार, पौस २ २०७९
10.3K
Shares
इन्धनको मूल्य घट्यो, पेट्रोल १७८, डिजेल र मट्टीतेल १७५ रूपैयाँमा

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही

घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएके हो ।

निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनुपर्ने ऋण पनि ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा बक्यौता तथा ऋण रकम थपिएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो छ । डेढ महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारी घटेको छ । तेल उत्पादक मुलुकहरूको संगठन ओपेक प्लसले नोभेम्बरमा कटौती गरेको परिमाणलाई निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । यसले चीन र भारतले रसियन तेल आपूर्ति बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij