२०८३ साउन १० आइतबार

राष्ट्रिय आयुर्वेद एशिसिएसन नेपालको जिल्ला भेला धमाधम हुँदै, सुनसरी र बर्दिया जिल्ला भेला सम्पन्न

ई आर्थिक    सोमबार, मंसिर २६ २०७९
19.6K
Shares
राष्ट्रिय आयुर्वेद एशिसिएसन नेपालको जिल्ला भेला धमाधम हुँदै, सुनसरी र बर्दिया जिल्ला भेला सम्पन्न

सुनसरी अध्यक्षमा मनमाया रोका (बस्नेत), बर्दिया अध्यक्षमा त्रिलोकी नाथ गुप्ता

ई–आर्थिक, काठमाडौं । केही महिना अघिमात्र स्थापना भएको राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) ले जिल्ला भेलालाई तीब्रता दिन थालेको छ । यसैक्रममा सुनसरी र बर्दिया जिल्ला भेला सम्पन्न भएको छ ।

स्थापनाको केही समयमै उदयपुर, कपिलबस्तु र रोल्पा जिल्लाको भेला सम्पन्न भई संगठन विस्तारको साथै अभियानको काम समेत थालनी भइसकेको छ ।

रानले आफ्नो केन्द्रीय साधारणसभाको समेत टुंगो लगाइसकेको छ । रानले यही माघ २८ गते साधारणसभा सम्पन्न गर्दैछ भने यही माघ १० गतेभित्र सदस्य बनिसक्ने सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरिसकेको छ ।

सुनसरी जिल्ला संयोजकमा मनमाया रोका (बस्नेत) को अध्यक्षतामा प्रदेश नं. १ अन्तर्गतको सो जिल्ला भेलामा ४० जना भन्दा बढि आयुर्बेद क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) का संस्थापक अध्यक्ष जगतबहादुर भट्टराईले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल सबै आयुर्बेद क्षेत्रलाई एकीकृत गर्न गठन भएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले उहाले रानले आयुर्बेद चिकित्सक स्वास्थ्यकर्मी व्यवसायी निजामती कर्मचारी उत्पादकलगायत सम्पुर्ण आयुर्बेद क्षेत्रको एक मात्र साझा सस्था भएकोले सबैले एकताबद्ध भएर आयुर्बेद क्षेत्रको विकास र समस्या समाधानमा पहल गर्न ढिला गर्न नहुने बताउनुभयो । आयुर्बेद हजारौं बर्ष अगाडीबाट प्रतिपादित भएको चिकित्सा पद्दती भएको आयुर्बेद औषधी गुड्कारी र लाभदायक भएकोले आयुर्बेदको माध्यमबाट देशमा आर्थिक समृद्धि सम्भब हुने भट्टराईको भनार्इ थियो । देशमा आयुर्बेद चिकित्सा पद्दतीलार्इ मुल चिकित्सा पद्दती मानेर अगाडी बढे राष्ट्रले चाँडै आर्थिक समृद्धि हाँसिल गर्ने उहाँको भनार्इ थियो ।

कार्यक्रममा धरान आयुर्बेद स्वास्थकेन्द्रका डा. बिपेन्द्र पुर्वे, दुहवी आयुर्बेद स्वास्थ केन्द्रका डा. सुरेन्द्रकुमार यादब अष्टाङ्ग आयुर्बेद अस्पताल एन्ड रिसर्च सेन्टरका डा. ईश्वर अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा चिकित्सकहरूको तर्फबाट बोल्दै डा. बिपेन्द्र पुर्बेले आयुर्बेद क्षेत्रको विकासमा संस्थाले कुनै पनि स्वार्थ नराखी अगाडी बढनु पर्ने बताउनु भयो । उहाँले आफुले संस्थालाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

विशिष्ट अतिथी समाजसेवी आयुर्बेद औषधि ब्यबसायी संघका निबर्तमान प्रदेश सल्लाहकार उदय नारायण मिश्रले रान सबैको साझा संस्था भएकोले सबैलाइ समेटेर अगाडि बढनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय आयुर्बेद एशोसिएसनले गरेको गतिबिधिहरू देखेर आयुर्बेद क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने आशा आयुर्बेद क्षेत्रमा सुरु भैसकेको बताउनुभयो ।

कार्यक्रमका अतिथि सुनसरी जिल्ला आयुर्बेद स्वास्थ केन्द्र इनरुवाका वरिष्ठ कबिराज रामकृष्ण रायले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालले चिकित्सक, कबिराज, बैध, ब्यबसायी र उत्पादक सबैको हकहितको लागि आवाज बुलन्द गर्ने र सबैलाइ एकजुट बनाउने कुरामा बिस्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि आयुर्बेद व्यवसायी संघ प्रदेश नम्बर एकका निबर्तमान सल्लाहकार हेमचन्द्र राइले यो सस्थाले सामाजिक कार्य स्वास्थ सिविरहरु आयोजना गर्ने जनहितकारी कार्यक्रम गर्ने योग र आयुर्बेदलाई सँगै लिएर अगाडी बढनु पर्ने र आयुर्बेदको बिकृति र विसंगतिका बिरुद्ध आवाज उठाउनु पर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष (एक नम्बर प्रदेश) ओमराज लिम्बूले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित सबैलाइ स्वागत सम्मान मन्तव्य संस्थाका सुनसरी जिल्ला सह–संयोजक गान्धिप गिरीले गर्नु भएको थियो ।

सुनसरी जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले सुनसरी जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को जिल्ला उप–शाखा कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै सुनसरी जिल्लाको जिल्ला उपशाखा तदर्थ समिति समेत चयन गरेको छ ।

सुनसरी जिल्ला तदर्थ समितिमा को–को ?

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) सुनसरी जिल्लाको प्रथम भेलाबाट मनमाया रोका (बस्नेत) को अध्यक्षतामा नौ सदस्य रहेको सुनसरी जिल्ला तदर्थ समिती गठन भएको छ । अध्यक्ष : मनमाया रोका (बस्नेत)
उपाध्यक्ष : डा. बिपेन्द्र पुर्बे
सचिब : गान्धिप गिरी
कोषाध्यक्ष : बिमला मिश्र
सदस्य : डा सुरेन्द्र कुमार यादब
सदस्य : मनोज कुमार यादब
सदस्य : राधाकृष्ण राय
सदस्य : सुर्यनारायण चौधरी
सदस्य : मनोज अग्रवाल
सुनसरी जिल्ला उपसाखा तदर्थ समिती चयन भएकोमा निर्बाचित अध्यक्ष मनमाया रोका (बस्नेत) सहित नौ जना तदर्थ समिती टिम सबैलाई रान केन्द्रीय समितिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रिय आयुर्वेद एशिसिएसन नेपाल बर्दिया जिल्लाको अध्यक्षमा त्रिलोकि नाथ गुप्ता

यसैबीच राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) का बर्दिया जिल्ला संयोजक त्रिलोकि नाथ गुप्ताको अध्यक्षतामा बर्दिया जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तरगत सो जिल्ला भेलामा १५ जना भन्दा बढि आयुर्बेद क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बर्दिया गुलरिया वडा नम्बर ६ का अध्यक्ष सुधाङ्स प्रकाश शर्माले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) बर्दिया जिल्ला समितिलाइ आयुर्बेद क्षेत्रको विकासका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथी आयुर्बेद स्वास्थ्यकर्मी कमलेस कुमार पाशवानले रान एउटा स्वतन्त्र, आयुर्बेदका सबैलाइ न्याय दिन सक्ने र सबै मिलेर आयुर्बेद क्षेत्रकै विकास गर्न सक्ने संंस्था भएकोले आफू यस संस्थाको सदस्य हुन पाउँदा गौरवान्भित भएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन सुरेशकुमार सुक्लाले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सबैलाइ स्वागत सम्मान मन्तव्य सस्थाका बर्दिया जिल्ला संयोजक त्रिलोकि नाथ गुप्ताले गर्नु भएको थियो ।

बर्दिया जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले बर्दिया जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को जिल्ला उप–शाखा कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै बर्दिया जिल्लाको जिल्ला उप–शाखा तदर्थ समिति समेत चयन गरेको छ ।

बर्दिया जिल्लाको जिल्ला तदर्थ समितिमा को–को ?

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) बर्दिया जिल्लाको प्रथम भेलाबाट त्रिलोकि नाथ गुप्ताको अध्यक्षतामा नौ सदस्य रहेको बर्दिया जिल्ला तदर्थ समिती गठन भएको छ । .
अध्यक्ष : त्रिलोकी नाथ गुप्ता
उपाध्यक्ष : सुरेश कुमार सुक्ला
सचिव : कमलेश कुमार पासवान
कोषाध्यक्ष : मो. महमुद रजा मनिहार
सदस्य : डा. पबित्रा थारु
सदस्य : देबेन्द्र बहादुर सिंह राठौर
सदस्य : बलराम गुप्ता
सदस्य : मिथलेस कुमार रदाश
सदस्य : वीर बहादुर थारु

बर्दिया जिल्ला उपसाखा तदर्थ समिती चयन भएकोमा निर्बाचित अध्यक्ष त्रिलोकी नाथ गुप्ता सहित नौ जना तदर्थ समिती टिमलाई रान केन्द्रीय समितिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij