२०८३ साउन १० आइतबार

बुद्ध एयरद्वारा पोखरा विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति माग, पोखराबाट नयाँ दिल्ली तथा बनारस उडान गर्ने

ई आर्थिक    सोमबार, मंसिर १२ २०७९
6K
Shares
बुद्ध एयरद्वारा पोखरा विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति माग, पोखराबाट नयाँ दिल्ली तथा बनारस उडान गर्ने

ई–आर्थिक, काठमाडौं । बुद्ध एयरले पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा वाह्य उडानका लागि ‘ग्राउण्ड ह्याण्डलिङ’ माग गरेको छ । एयरले उक्त ग्राउण्ड ह्याण्डलिङको माग गर्दै बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी १ बाट उडान सुरु हुनेगरी बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको जनाएको छ ।

यो अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी छ । बुध्द एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवातमै पाँच वटा विमान रात्रि बिसान गरी उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्नेछ । अन्तर्राष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान गर्नेछ ।

यसैगरी कम्पनीले दैनिक २ पटक भारतको नयाँ दिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिका लागि सम्बद्ध नियामकसमक्ष निवेदन दिएको छ । बुध्द एयरले देशैभर आफ्नो गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij