२०८३ साउन ११ सोमबार

नबिल बैंकले टाटा मोटर्सको विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

ई आर्थिक    सोमबार, कार्तिक २८ २०७९
9.5K
Shares
नबिल बैंकले टाटा मोटर्सको विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।

बिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।

टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२।९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij