२०८३ साउन ११ सोमबार

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार योजना अन्तर्गत रायमाझीले पाए ५ तोला सुन

ई आर्थिक    सोमबार, कार्तिक २८ २०७९
8.9K
Shares
सिटी एक्सप्रेसको मेगा बम्पर उपहार योजना अन्तर्गत रायमाझीले पाए ५ तोला सुन

ई–आर्थिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ जिवन रायमाझीले पाएका छन् ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने रायमाझीले ५ तोला सुन जित्न सफल भएका हुन् ।

कम्पनीले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।

जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०÷१० तोला चाँंदी) र २ जनाले मासिक उपहार (१÷१ तोला सुन) जित्न सफल भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij