२०८३ साउन ११ सोमबार

डिस मिडियाका प्रबन्ध निर्देशक आचार्य दक्षिण एशियाका शीर्ष व्यवसायिक नेताको रुपमा सम्मानित

ई आर्थिक    बुधबार, कार्तिक २३ २०७९
7.8K
Shares
डिस मिडियाका प्रबन्ध निर्देशक आचार्य दक्षिण एशियाका शीर्ष व्यवसायिक नेताको रुपमा सम्मानित

ई–आर्थिक, काठमाडौं । डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यलाई दक्षिण एशिाको शीर्ष व्यवसायिक नेतामध्ये एकमा सम्मानित गरिएको छ ।

सीईओ इन्साइट्स एशियाले दक्षिण एशियाका १० शीर्ष व्यवसायिक नेतामध्ये एकको रुपमा उनको सम्मान गरेको हो ।

डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्कले एक लाखभन्दा बढी उपभोक्तालाई सेवा दिएको थियो ।

डिश होमको व्यवस्थापकीय नेतृत्व गर्दै आएका आचार्य डिजिटल होम इन्टरनेशनका पनि अध्यक्ष हुन् । यसले सेट–अप बक्स उत्पादन गर्ने गरेको छ ।

हालै यस कम्पनीले होम अप्लायन्सेज बनाउन शुरु गरेको छ । आचार्यकै अध्यक्षतामा कामना सेवा बैंक देशभरमा १३१ शाखामा फैलिएको थियो । आचार्यले आफ्नो सफलताको श्रेय टिमवर्कलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij