२०८३ साउन ११ सोमबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन विदा दिने

ई आर्थिक    आइतबार, असोज ३० २०७९
4.6K
Shares
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन विदा दिने

ई–आर्थिक, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।

सरकारका एक मन्त्रीले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यसबारेमा सरकारले भने आधिकारिक निर्णय सार्वजानिक गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री जीवनराम श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

नेपाली वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउने अविश्रान्त साधक, नेपाली भाषा, साहित्य, कला, सम्पदा र संस्कृतिका शिखर व्यक्तित्व, शताव्दीजीव सत्यमोहन जोशीको आज विहान ७ निधन भएको थियो । उहाँले पुर्याउनु भएको अतुलनीय योगदान राष्ट्र र समाजका लागि अविष्मरणीय रहनेछ ।

नेपाली संस्कृति, साहित्य र वाङ्मयका अथक साधक श्रद्धेय जोशीप्रति ई–आर्थिक परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij