२०८३ साउन १० आइतबार

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी पनि पक्राउ

ई आर्थिक    मंगलबार, असोज २५ २०७९
7.2K
Shares
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी पनि पक्राउ

ई–आर्थिक, काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी समेत पक्राउ परेका छन् । यो संगै लुटपाटका सबै चारैजना आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी)कैलाश राईले लुटपाटमा संलग्न चौथो व्यक्तिलाई समेत नियन्त्रण लिएको बताए । प्रहरीले चौथो व्यक्तिलाई झापाबाट पक्राउ गरिएको संकेत गरेको छ। ‘आज ताप्लेजुङ ल्याइ पु¥याउँछौं’डिएसपी राईले मंगलबार बिहान भने। यसअघि पक्राउ परेका आइएमई लुटपाटका तीन आरोपीलाई सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीले फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल,झापा शिवसताक्षी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेललाई सार्वजनिक गरेको थियो। उनीहरुको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरिएको छ। बरामद गरेका नगद र सुनका गरगहनाबाहेक १ थान पेस्तोल,कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान समेत प्रहरीले पत्रकार सम्मेलन मार्फत ९डोरी,कैची लगायत सामाग्री० सार्वजनिक गरेको छ।

पक्राउ परेका तीन जनालाई सोमबार ताप्लेजुङ जिल्ला अदालतबाट १० दिने म्याद थप गरी अनुसन्धान सुरु गरिएको समेत डिएसपी राईले जानकारी दिए। पक्राउ परेका थप एकजनालाई समेत प्रारम्भिक अनुसन्धान पछि अदालतबाट म्याद थपगरी अनुसन्धान प्रकृया अघि बढाउने प्रहरीको तयारी रहेको छ।

उता,लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको उल्लेख गरेका छन्। हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।

आरोपितहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोल समेत देखाएर नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए। लुटपाटमा संलग्नहरु लागू पदार्थ सेवन कर्ता भएको प्रहरीले जनाएको छ। उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij