२०८३ साउन ११ सोमबार

काठमाडौं उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण हुदै, स्वस्थकर खसीबोकाको सिङमा हरियो रङको स्टिकर

ई आर्थिक    मंगलबार, असोज ११ २०७९
5.3K
Shares
काठमाडौं उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण हुदै, स्वस्थकर खसीबोकाको सिङमा हरियो रङको स्टिकर

ई–आर्थिक, काठमाडौं । दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

यो क्रम दसैंको नवमीसम्म जारी रहने विभागले जानकारी दिएको छ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिएको छ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइएको छ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij