२०८३ साउन ११ सोमबार

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

ई आर्थिक    बिहिबार, असोज ६ २०७९
6.9K
Shares
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।

पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए ।

त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् ।

ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij