२०८३ साउन १० आइतबार

रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’

ई आर्थिक    आइतबार, भाद्र २६ २०७९
8.5K
Shares
रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’

ई–आर्थिक, काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारा सहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।

नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् ।

यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij