ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ क्यापिटलले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षक नियुक्त गरेको छ । सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।