२०८३ साउन १२ मंगलबार

सुपर लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले ग¥यो समस्याग्रस्त घोषणा

ई आर्थिक    बुधबार, भाद्र २२ २०७९
9.1K
Shares
सुपर लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले ग¥यो समस्याग्रस्त घोषणा

ई–आर्थिक, काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । दाङमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैैंले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार यो संस्थालाई समास्या ग्रस्त घोषणा गरेको हो ।

केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट यो संस्थाका अध्यक्ष लगायत सदस्यहरुले नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाइएको छ । संस्थाका सदस्यहरुले कर्जा प्रवाह गरी संस्थाको अहित गरेको देखिएको केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

संस्थाको पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक रहेकाले सुपर लघुवित्तलाई २०७८/१२/०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ज) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो वित्तीय संस्थामा कर्मचारीको मिलेमतोमा आर्थिक हिनामिना भएको थियो । आर्थिक हिनामिनापछि वित्तीय संस्थाका अध्यक्ष सहितका व्यक्तिहरुलाई प्रहरीले सूचि बनाएरै खोजिरहेको जनाएको छ । संस्थाका केही कर्मचारीलाई भने प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका कायम मुकायम सीईओलाई भने धरौटीमा छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij