२०८३ साउन ११ सोमबार

हिमाल आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफको सहकार्य

ई आर्थिक    सोमबार, भाद्र २० २०७९
7.9K
Shares
हिमाल आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफको सहकार्य

ई–आर्थिक, काठमाडौं । हिमाल आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गर्ने भएको छ । श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । आरोही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे वताइन् ।

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँ पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij