२०८३ साउन ११ सोमबार

डिजेल र मट्टीतेलको दुबैको मूल्य ६–६ रुपैयाँले बढ्यो, निगम अझै मासिक ६१ करोडभन्दा बढी नै घाटामा

ई आर्थिक    शुक्रबार, भाद्र १७ २०७९
4.8K
Shares
डिजेल र मट्टीतेलको दुबैको मूल्य ६–६ रुपैयाँले बढ्यो, निगम अझै मासिक ६१ करोडभन्दा बढी नै घाटामा

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ । यसरी हेर्दा निगमलाई अझै मासिक ६१ करोडभन्दा बढी नै घाटा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij