२०८३ साउन १२ मंगलबार

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाखभन्दा बढीले दिइसके आवेदन

ई आर्थिक    आइतबार, भाद्र १२ २०७९
8.4K
Shares
खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाखभन्दा बढीले दिइसके आवेदन

ई–आर्थिक, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडमा आईपीओमा आवेदन दिने आज (भदौ १२ गते आइतवार) अन्तिम दिन रहेको छ । सो लघुवित्तको आईपीओमा हालसम्म ११ लाखको हाराहारीले आवेदन दिइसकेका छन् । उक्त आईपीओमा आजसम्म ९९.५० गुणा भन्दा पर्ने अनुमान गरिएको छ ।

कम्पनीले भदौ ८ गते देखि १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij