२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरसहितका महा बचत खाता सार्वजनिक

ई आर्थिक    बिहिबार, भाद्र ९ २०७९
15K
Shares
महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरसहितका महा बचत खाता सार्वजनिक

ई–आर्थिक, काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९% व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ । न्यूनतम मौज्दात रु. ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुनेछ ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरीसकेको छ । महालक्ष्मी विकास बैंक समग्रमा चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक भएको बैंकले दाबी गरको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij