२०८३ साउन ९ शनिबार

एनएमबि बैंकको थप सात शाखामा प्रमुखमा महिलालाई जिम्मेवारी

ई आर्थिक    मंगलबार, भाद्र ७ २०७९
8.6K
Shares
एनएमबि बैंकको थप सात शाखामा प्रमुखमा महिलालाई जिम्मेवारी

ई–आर्थिक, काठमाडौं । एनएमबि बैंकले थप सात शाखामा महिला प्रमुख रहने व्यवस्था गरेको छ । बैंकले सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सो जानकारी गराएको हो ।

प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहनु भएका महिला दिदी बहिनीहरुको अनुभव साट्ने उद्देश्यले बैंकले अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरेको छ ।

बैंकका अनुसार प्रदेश नम्बर एकको टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा रहेको शाखामा मालिका ठाकुर, बागमती प्रदेशको बल्खुमा रहेको शाखामा प्रफुल्ला मानन्धर शाखा प्रमुख रहनुहुने छ ।

त्यस्तै, गण्डकी प्रदेशको चौथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा रहेको शाखामा सिता भुसाल र सुदुरपश्चिम प्रदेशको धनगढी शाखामा नन्द कुमारी भण्डारी शाखा प्रमुखमा रहने बैंकले जनाएको छ ।

कर्णाली प्रदेशमा भने एनएमबि बैंकको शाखा नभएकोले चाँडै शाखा विस्तार गरेर त्यहाँ पनि महिला शाखा प्रमुख राखिने एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।

महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पुर्‍याउने बैंकले अपेक्षा राखेको छ ।

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij