२०८३ साउन ९ शनिबार

धौलागिरी लघुवित्तको आईपीओ भर्ने मिति आजसम्म मात्रै

ई आर्थिक    आइतबार, साउन २९ २०७९
6.4K
Shares
धौलागिरी लघुवित्तको आईपीओ भर्ने मिति आजसम्म मात्रै

ई–आर्थिक, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने दिन आजसम्म मात्रै रहेको छ । कम्पनीले साउन २४ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीका अनुसार आज बैंकिङ समयसम्म आवेदकले मेरो शेयर वेबसाइट तथा एप र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij