२०८३ असोज २ शुक्रबार

धौलागिरी लघुवित्तको आईपीओ भोलिबाट खुल्ने, साना लगानीकर्तालाई अवसर

ई आर्थिक    सोमबार, साउन २३ २०७९
7.7K
Shares
धौलागिरी लघुवित्तको आईपीओ भोलिबाट खुल्ने, साना लगानीकर्तालाई अवसर

ई–आर्थिक, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ साउन २४ मंगलवार अर्थात भोलिबाट निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछ जनाएको छ ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij