२०८३ असोज २ शुक्रबार

जीवन विकास लघुवित्तको खुद नाफा ७८ करोडभन्दा बढी

ई आर्थिक    बिहिबार, साउन १९ २०७९
8.7K
Shares
जीवन विकास लघुवित्तको खुद नाफा ७८ करोडभन्दा बढी

ई–आर्थिक, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७८ करोड भन्दा बढी नाफा गरेको छ । गत आर्थिक वर्षमा अघिल्लो आवभन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा गरेको हो ।

अघिल्लो आवमा रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा रू. ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो आवमा रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू. ८१ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।

गत आवमा कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो आवभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत आवमा १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।

अघिल्लो आवमा शून्य दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा भने बढेर शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ७५ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६९ दशमलव ५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij