ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट पाउने भएका छन् । यससम्बन्धि बैंक र हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ ।
बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।