२०८३ साउन १० आइतबार

लुम्बिनी विकास बैंकले गाडी किन्न कर्जा दिने

ई आर्थिक    शुक्रबार, साउन १३ २०७९
9.4K
Shares
लुम्बिनी विकास बैंकले गाडी किन्न कर्जा दिने

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सो सम्झौतापत्र अनुसार लुम्बिनी विकास बैंकले सबै शाखाहरुबाट यो सुविधा लिन सकिनेछ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन । लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij