ई–आर्थिक, काठमाडौं । जनपद प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी निरीक्षक (डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको आज (सोमबार) बसेको बैठकले ३४ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।

