ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल र उपाय बिजनेश सोलुुसन कम्पनीबीच सम्झौता गरिएको छ ।
दुई संस्थाले दिँदै आएको सेवाहरूमा समन्वय गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । सम्झौतापत्रमा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचीन्द्र ढुंगाना र उपाय बिजनेशका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुवै संस्थाका ग्राहकको व्यावसायिक समस्या समाधान गर्ने र धितोपत्र बजार तथा लगानी सम्बन्धी सेवा प्रभावकारी रूपमा ग्राहकलाई उपलब्ध गराइने बताइएको छ ।