ई–आर्थिक, काठमाडौं । अजोड ईन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेको ईन्स्योरेन्स कम्पनीले जनाएको छ । साथै कम्पनीले सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला टोखा नगरपालिका ९, गोंगबुस्थित हिमालयन वृद्घाश्रममा आश्रित ४३ जना वृद्धवृद्धाहरूको लागि खाद्यान्न सहयोग समेत गरेको थियो ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रूपमा वृद्धाश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
मिति २०७५/०३र२१ देखि आफ्नो व्यावसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरू, ११ बिमा काउण्टर र ३ वटा तेस्रो पक्ष बिमा काउण्टरहरूवाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।