२०८३ साउन ११ सोमबार

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा रितेश लामिछाने

ई आर्थिक    मंगलबार, असार २१ २०७९
5.9K
Shares
नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा रितेश लामिछाने

ई–आर्थिक, काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८ औं वार्षिक साधारण हालै काठमाडौंमा सम्पन्न भएको छ । सो सभाले रितेश लामिछानेको अध्यक्षतामा नयाँ राष्ट्रिय परिषदको समेत गठन गरेको छ ।

परिषद्मा उदीप श्रेष्ठ, निवर्तमान अध्यक्ष रहेका छन् भने प्रथम उपाध्यक्षमा सहारा जोशी, द्वितीय उपाध्यक्षामा कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्षमा निभिता प्रधान रहेकी छन् ।

यसैगरी कार्यकारी सदस्यमा सुदिप घिमिरे ऋचा श्रेष्ठ कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित बैद्य रहेका छन् ।

उक्त सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त सभामा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानीजोशीको उपस्थिति रहेको थियो ।

सो सभामा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । यसैगरी नवनिर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२–२३ को लागि आफ्ना भनाइहरु राख्दै यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौंमा बृहत मेड इन नेपाल प्रदर्शनी गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij