ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगम व्यापारीलाई दिन अर्बौको चलखेल भइरहेको नेपाली कांगेसका नेता रामचन्द्र पौडेलले दाबी गरेका छन् । यसरी सरकारले व्यापारीलाई निगम जिम्मा लगाउन लागेको भन्दै नेता पौडेलले आफ्नो पार्टी नेतृत्वको सरकारको आलोचना समेत गरेका छन् ।
६४औं संसद सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आयल निगम व्यापारीलाई दिन अर्बौ रुपैयाँको चलखेल भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् ।
नेता पौडेलले भने, ‘आयल निगम व्यापारीलाई दिने रे। यहाँ करोडको होइन अर्बौको कुरा छ।’ सरकारले समयमै कृषकलाई मल उपलब्ध गराउन नसकेको भन्दै रोष व्यक्त गरेका थिए। ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ, नीतिगत भ्रष्टाचारले गर्दा यस्तो भएको हो’, उनले भने।