२०८३ साउन ११ सोमबार

सत्र एसएसपी डिआइजी हुँदै, सिफारिसमा परेका को–को ?

ई आर्थिक    बिहिबार, असार ९ २०७९
2.2K
Shares
सत्र एसएसपी डिआइजी हुँदै, सिफारिसमा परेका को–को ?

ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा हुने भएका छन् । बढुवा समितिको बैठकले १७ एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ संशोधन सहितको नियम २७ को उपनियम ९४० अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका एक सदस्यले जानकारी दिए ।

सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली छन् ।

त्यस्तै किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको सो स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij