२०८३ साउन ११ सोमबार

बेलायतमा रेल हड्ताल

ई आर्थिक    बुधबार, असार ८ २०७९
7.1K
Shares
बेलायतमा रेल हड्ताल

लण्डन : बेलायतमा रेलवे कामदार नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हड्ताल सुरु गरेको छ। रेलका यात्रुको भिडले मंगलबार अराजकताको सामना गर्नसक्ने बताइएको छ।

हडताल समाप्तिका लागि भएको वार्ता असफल भएको पनि जनाइएको छ। यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यो हप्ता तीन दिनका लागि आफ्नो कामबाट बाहिरिएका छन्।

रेल र लन्डन भूमिगत स्टेसन मंगलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ। लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेसनमा मानिसको भिड पर्खिरहेको थियो।

यातायात सचिव ग्रान्ट शाप्सले यो हडतालको निन्दा गरेका छन्। सन् १९७० का खराब पुराना दिनहरूको सम्झना पुनः आएको उनले बताए। (एएफपी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij