२०८३ साउन ११ सोमबार

राप्ती हाइड्रोको आईपीओ असार १० गतेसम्म भर्न पाइने

ई आर्थिक    मंगलबार, असार ७ २०७९
4.7K
Shares
राप्ती हाइड्रोको आईपीओ असार १० गतेसम्म भर्न पाइने

ई–आर्थिक, काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा १० गतेसम्म आवेदन दिन सकिने भएको छ । हाइड्रोले समय थप गर्दै १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ।

गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij