२०८३ साउन ११ सोमबार

स्विमिङ पुलमा डुबेर २७ बर्षिय युवा सुमित तुलाधरको मृत्यु

ई आर्थिक    शनिबार, असार ४ २०७९
6.6K
Shares
स्विमिङ पुलमा डुबेर २७ बर्षिय युवा सुमित तुलाधरको मृत्यु

ई–आर्थिक, भैरहवा । भैरहवाको एक स्वमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । उद्देश्य विपरित सञ्चालित सो पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर तुलाधरको मृत्यु भएको पुष्टि गरे ।

सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाईरहेको छ। होटलको सोही स्वमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो ।

गर्मी बढेसँगै स्वमीङ जानेको मानिसको संख्या बढेको छ। गर्मी छल्न साथीहरुसँग स्वीमिङ गर्न पुगेका तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए। उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

बाल उद्यान सञ्चालन स्वीकृति पाएको कम्पनीले उद्देश्य विपरितका संरचना बनाएर होटल सञ्चालन गरिरहेको छ । होटल परिसरमा २ वटा स्वीमिङ पुल, र माछा पालनसहितको एक पोखरी पनि छ, जहाँ बेला बेलामा बोटिङ हुन्छ ।

यही साता मात्रै बुटवलमा पनि स्वमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो। होटल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरुले सुरक्षा मापदण्ड नअप्नाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो ।

सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नु पर्नेमा होटलहरुले वेवास्ता गर्दा दुखद घटना घट्ने गरेको छ ।

मृतकका भाइ अशोक राज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापरबाहीका कारण दुःखद घटना भएको बताए, उनले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij