२०८३ साउन ११ सोमबार

बालेनलाई राष्ट्रसेवक पराजुलीको शालीन सन्देश, ‘बगरलाई सहर पार्ने, रसिलो मूल हुनु, भाइरसलाई सखाप पार्ने, सुनौलो फूल हुनु’

ई आर्थिक    शुक्रबार, जेष्ठ २० २०७९
14.3K
Shares
बालेनलाई राष्ट्रसेवक पराजुलीको शालीन सन्देश, ‘बगरलाई सहर पार्ने, रसिलो मूल हुनु, भाइरसलाई सखाप पार्ने, सुनौलो फूल हुनु’

ई–आर्थिक, काठमाडौं । राष्ट्रको एक उच्च तहमा रहेका राष्ट्रसेवक सुशिल पराजुलीले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) लाई कविता मार्फत मार्मिक र शालिन सुझाव दिएका छन् ।

गीत, कविताका केही कृतिहरु समेत प्रकाशित गरिसकेका पराजुलीले अहिले हजार भन्दा बढी गीत कविता लेखिसकेका छन् । नवनिर्वाचित मेयर शाहलाई पराजुलीले कविताको सुरुवातमा भनेका छन्– ‘बगरलाई सहर पार्ने, रसिलो मूल हुनु भाइरसलाई सखाप पार्ने, सुनौलो फूल हुनु’ भनेका छन् । बालेनलाई प्रोत्साहित गर्ने सन्देशमुलक उक्त कवितामा ‘सबैको हुनु कसैको नहुनु, उदासीमा कहिल्यै एक्लै नरुनु’ पनि लेखेका छन् ।

लेखक सुशिल पराजुली

कविताको पूर्ण अंश

बगरलाई सहर पार्ने, रसिलो मूल हुनु
भाइरसलाई सखाप पार्ने, सुनौलो फूल हुनु

भावावेगमा होइन, विवेकशील हुनु
आवेगमा होइन, क्षमाशील रहनु

दिग्दारीले कहिले निराश नहुनु
दोबाटोमा कहिले काँडालाई नछुनु

जुन जस्तै हुनु, चम्किरहनु
कर्तव्य पथमा लम्की रहनु

जहाँ पुगे पनि लौरो नछाड्नु
आफ्नो वाचा बन्धन, कहिले नतोड्नु

पितृको आशिष, शिरमा सँगाल्नु
माताको आशिष सदैव अँगाल्नु

द्विविधा हुँदा सुविधा नछाड्नु
एकपलमै कसैको वचन नतोड्नु

सबैको हुनु कसैको नहुनु
उदासीमा कहिल्यै एक्लै नरुनु

सपना देख्नु, सकेको लेख्नु
सदैव आफूलाई सेवक देख्नु

समस्या आउँछन् आँखाले हेर्नु
समाधानको खातिर अँगालोमा बेर्नु

असम्भवको झल्को कहिले नसोच्नु
लौरो नै काफी छ अरु केही नरोज्नु

कलिलो कदले उच्चतम् हद राख्नु
पद त गौण हो, अमूल्य मत राख्नु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij