२०८३ साउन ११ सोमबार

ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टरको उद्घाटन

ई आर्थिक    शुक्रबार, जेष्ठ २० २०७९
5.3K
Shares
ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टरको उद्घाटन

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।

विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, दुई एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij