२०८३ साउन १२ मंगलबार

बीमा समितिद्वारा प्रभु लाइफको सिईओ सन्तोष प्रसाईको स्वीकृती

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
5.1K
Shares
बीमा समितिद्वारा प्रभु लाइफको सिईओ सन्तोष प्रसाईको स्वीकृती

ई–आर्थिक, काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ । समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् ।

समितिबाट स्वीकृतिको पत्र पाएका उनले अब प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओमा नियुक्तभएसँगै प्रसाईंले आगामी चार वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५/६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij