२०८३ साउन ११ सोमबार

निर्वाचनमा सवारीसाधन चलाउन अनुमतिपत्र लिनुपर्ने, सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड स्वीकृत

ई आर्थिक    शुक्रबार, बैशाख २३ २०७९
6.7K
Shares
निर्वाचनमा सवारीसाधन चलाउन अनुमतिपत्र लिनुपर्ने, सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड स्वीकृत

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ।

आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन्।

सवारी साधान प्रयोग गने अनुमतिपत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन्।

त्यस्तै, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारी साधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ।

सवारी साधान अनुमतिका लागि वैशाख २८ गतेसम्म निवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ।

आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति दिइने छैन।

यसैगरी, अन्तर्राष्ट्रिय हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको व्यवस्था काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने छ।

त्यस्तै, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिटी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन।

मतदानको दिन मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेमा सुरक्षा निकाय र सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिन सक्ने माण्डदण्डमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij