२०८३ साउन ११ सोमबार

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

ई आर्थिक    बुधबार, बैशाख २१ २०७९
9.4K
Shares
अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

ई–आर्थिक, पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

केवलकारमा यात्रा गर्नुहुने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहनुहुने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij