२०८३ साउन १० आइतबार

सरकारद्वारा १० प्रकारका सामग्री स्वदेश भित्राउन लगायो रोक, के–के हुन ती सामग्री ?

ई आर्थिक    बुधबार, बैशाख १४ २०७९
4.8K
Shares
सरकारद्वारा १० प्रकारका सामग्री स्वदेश भित्राउन लगायो रोक, के–के हुन ती सामग्री ?

ई–आर्थिक, काठमाडौं । सरकारले खासै आवश्यक नभएका १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको जनाएको छ ।

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँ पैठारी गर्न पाउने बताएको छ । यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने लागू यो प्रतिबन्ध लागू नहुने बताइएको छ ।

सरकारद्वारा रोक लगाइएका सामग्रीहरू ?

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु ९कच्चा पदार्थ बाहेक०

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij